logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • काठमाडौँमा देखिए एलियनको भेषमा मिस्टर र मिसेज हुलहुल, कौतुहलता बढ्दै

    काठमाडौँमा देखिए एलियनको भेषमा मिस्टर र मिसेज हुलहुल, कौतुहलता बढ्दै


    पर्यटन नेपाल

    सोमबार, १ पुष २०८१


    काठमाडौँ । काठमाडौँका मुख्य ठाउँहरूमा मिस्टर हुलहुल र मिसेज हुलहुल नाम ट्याग लगाएका ‘एलियन’हरू देखिएका छन् । ललितपुरको लबिम मल, पाटन दरबार स्क्वायर र ठमेल जस्ता अत्यधिक भिडभाड हुने ठाउँमा उनीहरूले आफ्नो उपस्थिति बाक्लो बनाएका छन् ।

    उनीहरूले हातमा  ‘पठाओ सुपरफेस्ट’ लेखिएको ब्याग बोकेका छन् । कतिपय ठाउँमा उनीहरूको अचम्मको हाउभाउले सर्वसाधारणको ध्यान तानेको छ । स्थानीयले उनीहरूलाई तस्बिर र भिडियोमा कैद गर्दै सामाजिक सञ्जालमा शेयर गर्न थालेपछि यसबारे चर्चा झन् बढ्दै गएको छ ।

    गत वर्ष पनि यस्तै रहस्यमय गतिविधिहरू देखिएपछि ‘पठाओ सुपरफेस्ट’ले ठूलो सफलता पाएको थियो। यस वर्ष भने अझ नयाँ र चकित पार्ने शैलीले मार्केटिङ गरिएको अनुमान गरिएको छ । पठाओका मार्केटिङ निर्देशक सुरक्षा हमालले पठाओ सुपरफेस्ट २०२४ को यस पटकको रहस्य चाँडै खोल्ने भन्दै आम सर्वसाधारणका लागि केही विशेष योजना रहेको जानकारी दिइन् ।

    एलियनहरूको चहलपहलले बजारमा रौनकता ल्याएसँगै पठाओको आगामी घोषणाबारे पनि चासो बढ्दै गएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend