logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • लुक्लाबाट काठमाडौँ उडेकाे हेलिकप्टरमा चरा ठोक्किँदा आकस्मिक अवतरण

    लुक्लाबाट काठमाडौँ उडेकाे हेलिकप्टरमा चरा ठोक्किँदा आकस्मिक अवतरण


    पर्यटन नेपाल

    आइतबार, १४ पुष २०८१


    काठमाडौँ । लुक्लाबाट काठमाडौँ आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किँदा भक्तपुरको साँगामा आकस्मिक अवतरण गरेको छ ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार आइतबार बिहान सवा १० बजे हेलि एभेरेष्टको ९ एन-एकेजी हेलिकप्टर लुक्लाबाट काठमाडौँ आउँदै गर्दा चरा ठोक्किएको हाे ।

    ११ बजेर २ मिनेटमा नलिन्चोक भन्दा एक माइल पूर्वमा चरा सिसामा ठोक्किएको हो ।

    चरा ठोक्किएपछि पाइलटले हेलिकप्टर साँगामा आकस्मिक अवतरण गराएका छन् ।

    हेलिकप्टरमा विदेशी पाइलट र पाँच जना यात्रु थिए ।

    हेलिकप्टरको बाहिरी भागमा केही क्षति पुगेको हुनाले प्राविधिक टोलीले साँगा पुगेर जाँच गर्ने छ ।

    ‘प्राविधिक टोलीले त्यहाँ पुगेर जाँच गर्छ। यात्रुहरू गाडीबाट फर्काइएका छन्,’ उनले भन ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend