logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   11:24 AM

  • यती एयरलाइन्सले गर्यो ‘२५ हजारमा नेपाल भ्रमण’ योजना घोषणा

    यती एयरलाइन्सले गर्यो ‘२५ हजारमा नेपाल भ्रमण’ योजना घोषणा


    पर्यटन नेपाल

    बुधबार, १७ पुष २०८१


    काठमाडौँ । नयाँ वर्ष सन् २०२५ को अवसरमा यती एयरलाइन्सले आफ्नो योजना सार्वजनिक गरेको छ ।

    यती ट्राभल कार्ड अघि सार्दै यती एयरलाइन्सले ‘२५ हजारमा नेपाल भ्रमण’ योजना घोषणा गरेको हो ।

    यस योजना अन्तर्गत ग्राहकहरूले एकमुष्ठ २५ हजार रुपैयाँ भुक्तानी गरेर ‘यती ट्राभल कार्ड’ खरिद गरी यसको सदस्यता लिन सक्नेछन् ।

    उक्त कार्डमार्फत् सदस्यले यती एयरलाइन्सले उडान भर्ने जुनसुकै गन्तव्यहरूमा ४ महिनाभित्र १० पटकसम्म यात्रा गर्न सकिने यती एयरलाइन्सले जनाएको छ ।

    यती एयरलाइन्सले धेरै यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै सो कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

    एयरलाइन्सका अनुसार टिकट अन्य व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन र नेपाली यात्रुहरूलाई मात्र लागु गरिएको छ ।

    उक्त योजनाबारे थप जानकारीका लागि यती एयरलाइन्सको आधिकारिक वेबसाइट मा हेर्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend