logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:58 AM

  • २०२४ मा ११ लाख ४७ हजार पर्यटकको आगमन

    २०२४ मा ११ लाख ४७ हजार पर्यटकको आगमन


    एन्जिला क्षेत्री

    बुधबार, १७ पुष २०८१


    काठमाडौँ । सन् २०२४ मा ११ लाख ४७ हजार ५ सय ६७ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार २०२४ मा ११ लाख ४७ हजार पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    २०२४ मा नेपालमा १३ लाख बढी पर्यटक भित्रिने आङ्कलन गरिए पनि उक्त लक्ष्य भने पुरा हुन सकेन । तर वर्षको अन्तिम दिन पनि ३ हजार पर्यटक भित्रिएको अनुमान गरिएको छ ।

    प्राकृतिक प्रकोप, हवाई र सडक दुर्घटना, हिँडडुलमा असहजता, हवाई भाडा वृद्धिका बाबजुद पनि ११ लाख ४७ हजार पर्यटक नेपाल भ्रमण गरेका हुन् ।

    सन् २०२० र २०२१ मा कोभिड महामारीले पर्यटनमा ठुलो प्रभाव पार्‍यो । कोरोना महामारी पछि भने नेपालको पर्यटन बिस्तारै लयमा फर्किँदै छ ।

    यसअघि सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ पर्यटक नेपाल आएका थिए । त्यसपछिको दुई वर्ष सन् २०२० र २०२१ मा कोरोना भाइरसका कारण पर्यटक आगमनको सङ्ख्या निकै नै घटेको थियो ।

    सन् २०२० मा २ लाख ३० हजार ८५ र २०२१ मा १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक मात्रै नेपाल आएका थिए ।

    त्यस्तै २०२२ मा ६ लाख १४ हजार ८ सय ६९ र २०२३ मा १० लाख १४ हजार ८ सय ८२ पर्यटक नेपाल आएको तथ्याङ्कमा छ ।

    पर्यटन बोर्ड निर्देशक मणिराज लामिछानेले भने, ‘स्थल मार्ग हुँदै भित्रिने भारतीय पर्यटकको सङ्ख्या पनि पर्याप्त नै हुन्छ । वर्षमा करिब १५ लाख भारतीय पर्यटक स्थल मार्ग हुँदै नेपाल भित्रिने अनुमान छ । तर, त्यसको आधिकारिक तथ्याङ्क कतै रहन्न । तर पनि ती पर्यटकका कारण नेपालको पर्यटनले आर्थिक लाभ भने पाएको छ । औसतमा दिनमा करिब ३ हजार जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।’

    एनपीएल क्रिकेटमा भारतीय पर्यटक आगमन र ड्रागन बोट रेसमा चीनबाट ग्रुपमा पर्यटक आउनु सकारात्मक पक्ष रहेको पनि निर्देशक लामिछानेले बताए ।

    कुन महिना कति पर्यटक भित्रिए ?
    जनवरी ७९,१००
    फेब्रुअरी ९७,४२६
    मार्च १,२८,१६७
    अप्रिल १,११,३७६
    मे ९०,२११
    जुन ७६,७३६
    जुलाई ६४,५९९
    अगस्ट ७२,७१९
    सेप्टेम्बर ९६,३०५
    अक्टोबर १,२४,३९३
    नोभेम्बर १,१४,५०१
    डिसेम्बर ८९,७६५

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend