काठमाडौँ । हाल नेपालमा १ लाख ४२ हजार २ सय २३ होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेका छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधवार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार १ लाख ४२ हजार २ सय २३ होटेल तथा रेस्टुरेन्टहरू सञ्चालनमा रहेकाे प्रतिवेदन सार्वजनिक गरेकाे हाे ।
सर्वेक्षण सार्वजनिक गरेको प्रतिवेदन अनुसार हाल सञ्चानमा रहेका होटेल तथा रेस्टुरेन्टहरू कोसी प्रदेशमा २५ हजार ८ सय ८७, मधेस ११ हजार ७ सय ४०, बागमती ५२ हजार १ सय २३, गण्डकी १६ हजार ९ सय ७६, लुम्बिनी २० हजार १ सय ५६, कर्णाली ७ हजार १ सय १० र सुदूरपश्चिम प्रदेशमा ८ हजार २ सय २८ गरी जम्मा (१,४२,२३३) वटा रहेका छन् । उक्त होटेल तथा रेस्टुरेन्टहरूले एकै पटक २२ लाख ३४ हजार मानिसहरूलाई खाना खुवाउन सक्ने क्षमता रहेकाे छ ।
सञ्चालनमा रहेका उक्त होटेलहरूमा १ लाख १६ हजार १ सय कोठा पुगेको छ । तीमध्ये तारे होटेलमा ८ हजार ४ सय ९६, अन्य होटेलमा १ लाख ७५, रिसोर्टमा ३ हजार ८ सय २९ र होमस्टेमा ३ हजार ७ सय कोठा छन् ।
सार्वजनिक भएको ‘राष्ट्रिय होटल तथा रेस्टुराँ सर्वेक्षण’का अनुसार आतिथ्य सत्कार उद्योगको स्थायी सम्पत्ति ५ खर्ब ४३ अर्ब रुपैयाँ बराबर छ । यो सर्वेक्षणमा १० भन्दा बढी जनशक्ति काम गर्ने प्रतिष्ठानको पूर्ण गणना गरिएको छ ।
तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा २ खर्ब ४१ अर्ब २९ करोड ९६ लाख ५ हजार, कोसीमा ८५ अर्ब ६९ करोड, मधेस २२ अर्ब २३ करोड, गण्डकीमा १ खर्ब ६ अर्ब ६४ करोड, लुम्बिनी ५१ अर्ब ३६ करोड, कर्णाली प्रदेशमा ११ अर्ब १ करोड र सुदूरपश्चिम प्रदेशमा २२ अर्ब ९९ करोड बराबरकाे काराेबार भइरहेको छ ।
सर्वेक्षणका अनुसार ३ लाख ८७ हजार ७ सय ४७ जनाले होटेल तथा रेस्टुरेन्ट संलग्न छन् । तीमध्ये तलब पाउने कर्मचारीकाे सङ्ख्या १ लाख ६ हजार ४ सय ५९ रहेकाे छ ।
तीमध्ये कोसी प्रदेशमा ६२ हजार ५३, मधेस २८ हजार ६ सय ७०, बागमती १ लाख ६२ हजार ५ सय ८६, गण्डकी ४७ हजार ६ सय १५, लुम्बिनी ५१ हजार २ सय ७८, कर्णालीमा १५ हजार ६ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १९ हजार ८ सय ४३ छन् । देशैभरि होटेल तथा रेस्टुरेन्टहरूमा १,०६,४५९ जना कर्मचारी संलग्न रहेका छन्।
राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी हेमराज रेग्मीले भने, ‘कर्णालीमा साह्रै न्यून होटल रहेका तर त्यहाँ भएका होटलले लगानीको तुलनामा राम्रो प्रतिफल हाँसिल गरिरहेका छन् ।’
तथ्याङ्क कार्यालयका अनुसार सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरु मध्ये ३६.९ प्रतिशत कुनै पनि निकायमा दर्ता भएका छैनन् भने, कर्णालीमा रहेका होटल तथा रेस्टुराँहरूमध्ये ४१ प्रतिशत कुनै पनि सरकारी निकायमा दर्ता छैनन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले पहिलो पटक गरेको एकीकृत होटेल तथा रेस्टुरेन्टको सर्वेक्षण अनुसार वार्षिक एक खर्ब ९ अर्ब रुपैयाँभन्दा बढी मूल्य अभिवृद्धि गरेको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले २०६० सालमा गरेको सर्वेक्षणमा तारे होटेल, रिसोर्ट र गैर तारे होटेललाई केन्द्रित थिए । तर अहिले होमस्टे, होस्टेल, क्याट्रिङ, पार्टी प्यालेस लगायत सेवा केन्द्रित क्रियाकलापलाई पनि समेटेर सर्वेक्षण गरिएको छ ।
तथ्याङ्क कार्यालयको प्रतिवेदनका अनुसार होटेल तथा रेस्टुरेन्टमा लगानी बैङ्कपछि सबैभन्दा धेरै सहकारी संस्थाहरूले गरेको देखिएको छ ।
बैङ्कबाट ४० प्रतिशत र सहकारी संस्थाहरूबाट २७ प्रतिशत ऋण लिएर व्यवसायहरू सञ्चालन गरेको तथ्याङ्क कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालमा सञ्चालनमा रहेका होटेल तथा रेस्टुरेन्टहरू कहाँ कति छन् ?
- कोसी प्रदेश: २५८८७,
- मधेस: ११७४०
- बागमती: ५२१२३
- गण्डकी: १६९७६
- लुम्बिनी: २०१५६
- कर्णाली: ७११०
- सुदूरपश्चिम: ८२२८