logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • चन्द्रागिरिमा प्याराग्लाइडिङ उडान सुरु, चित्लाङमा अवतरण

    चन्द्रागिरिमा प्याराग्लाइडिङ उडान सुरु, चित्लाङमा अवतरण

    भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने छ । समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिने छ ।


    पर्यटन नेपाल

    बिहिबार, ९ कार्तिक २०८०


    काठमाडौँ । चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु भएको छ । ‘बाबु एड्भेन्चर्स’ ले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो ।

    भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने छ । समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिने छ ।

    प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्य‍ू’ का साथै काठमाडौँ उपत्यकाको अधिकांश भू-भाग, रसुवा, धादिङ, मकवानपुरको टिस्टुङ, पालुङ, मानव निर्मित इन्द्रसरोवर तालको दृश्य अवलोकन गर्न सकिने छ ।

    कम्पनीले प्याराग्लाइडिङ उडानका लागि प्रतिव्यक्ति ८ हजार रुपैयाँ तोकेको छ । तर विदेशी नागरिकका लागि भने प्रतिव्यक्ति १२ हजार रुपैयाँ शुल्क तोकेको छ ।

    सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान हुने छ र सो अवधिको फोटो/भिडियोका साथै गाडीमा काठमाडौँबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा समेत रहेको छ ।

    कम्पनिकै सवारीमा आवत-जावत गर्न नचाहने नेपाली पर्यटकले भने ७ हजार २ सय रुपैयाँ मात्रै तिरेर प्याराग्लाइडिङ गर्न सक्ने छन् ।

    बाबु एड्भेञ्चर्सलाई एक दिन अगाडि नै कम्पनीको वेबसाइट मार्फत वा ९८५६०५७३३९ मा फोन गरेर प्याराग्लाइडिङ उडान बुकिङ गर्न सकिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend