logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • पाँचतारे होटल ह्यातको ब्रान्ड परिवर्तन गरि बनाइयो ‘ह्यात सेन्ट्रिक’

    पाँचतारे होटल ह्यातको ब्रान्ड परिवर्तन गरि बनाइयो ‘ह्यात सेन्ट्रिक’


    पर्यटन नेपाल

    बिहिबार, १८ पुष २०८१


    काठमाडौँ । पाँचतारे होटल ‘ह्यात प्लेस’ को ब्रान्ड परिवर्तन भएको छ ।

    ह्यात प्लेस सञ्चालक सिटी होटल लिमिटेडले होटलको ब्रान्ड परिवर्तन गरी ‘ह्यात सेन्ट्रिक’ बनाइएको हो ।

    ह्यात १० रोपनी क्षेत्रफलमा बनेको होटेल हो । यहाँ जम्मा १ सय ५३ कोठा सञ्चालनमा रहेका छन् ।

    सबै कोठा नेपाली सांस्कृतिक वातावरण झल्को दिने गरी बनाइएको छ ।

    ह्यात प्लेस ब्रान्डमा यो पाँचतारे होटल सञ्चालन गरिदै आएको थियो । होटलमा ब्रेकफास्ट बार, जिङ वल्र्ड, जिङ स्काई बार, ब्यांक्वेट हल, सम्मेलन कक्ष, फिटनेस सेन्टर रहेका छन् ।

    यस होटलको हाल सेयर मूल्य प्रतिकित्ता ८ सय ६० रुपैयाँ हाराहारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend