काठमाडौँ । पछिल्लो समय १० (दश) वटा विमानस्थलबाट रात्रिकालीन उडान भइरहेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले रात्रिकालीन उडान हुने विमानस्थलको संख्या १० पुगेको हो ।
रात्रिकालीन उडान हुने विमानस्थल काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन् ।
त्यस्तै आन्तरिकतर्फ नेपालगञ्ज, जनकपुर, विराटनगर, चन्द्रगढी, राजविराज र सिमरा विमानस्थलबाट रात्रिकालीन उडान भइरहेको छ ।
३ अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान हुने गरेको छ ।
अहिले देशैभरि ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल र ५२ वटा आन्तरिक विमानस्थल रहेका छन् ।