काठमाडौँ । ललितपुर महानगरपालिकाले नगर प्रहरीको भर्ना खुलाएको छ । महानगरपालिकाले करारमा ५० जना नगर प्रहरी भर्ना गर्न दर्खास्त आह्वान गरेको हो ।
शुक्रवार सूचना जारी गर्दै महानगरपालिकाले २८ खुला, ९ महिला, ८ आदिवासी जनजाति, दुई दलित र थारु, मधेसी र पिछडिएको एक एक जनाका लागि आवेदन आह्वान गरेको हो ।
यही कात्तिक २४ गतेसम्म महानगरको कार्यालयबाटै र अनलाइनबाट दर्खास्त दिन सकिनेछ ।
१८ वर्ष पूरा भई ३० वर्ष ननाघेका र भूपू सैनिक तथा प्रहरी भए ४० वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन मिल्नेछ । न्यूनतम शैक्षिक योग्यता ८ कक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।
दर्खास्त दिएकालाई मङ्सिर ४ गते सम्पर्कमा बोलाइएको छ ।