logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • चिसो बढेपछि पर्यटक नआउदा सुनसान ढोरपाटन

    चिसो बढेपछि पर्यटक नआउदा सुनसान ढोरपाटन


    पर्यटन नेपाल

    आइतबार, २१ पुष २०८१


    बागलुङ । चिसो बढेपछि ढोरपाटन सुनसान भएको छ ।

    आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटन पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो ।

    जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ ।

    ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको छ ।

    ढोरपाटनमा घुम्ती बसाई हुने हुँदा यति बेला धेरै स्थानीय बेँसी झरेका हुन् ।

    पर्यटकको आगामन कम भएपछि यहाँ संचालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।

    मङ्सिरसम्म दैनिक १५० जना पर्यटक घुमफिरका लागि आउने गर्छन् भने, अहिले ३०र४० जना मात्रै आउने गरेका छन् ।

    अहिले ढोरपाटन उपत्यकामा मात्रै करिब ४० हाराहारीमा होटल सञ्चालनमा छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend