logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • माछापुच्छ्रे गाउँपालिकाद्धारा पदयात्रामा आउने पर्यटकसँग पर्यटन सेवा शुल्क लिने निर्णय

    माछापुच्छ्रे गाउँपालिकाद्धारा पदयात्रामा आउने पर्यटकसँग पर्यटन सेवा शुल्क लिने निर्णय


    पर्यटन नेपाल

    शुक्रबार, १० कार्तिक २०८०


    काठमाडौँ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले पदयात्रामा आउने पर्यटकसँग पर्यटन सेवा शुल्क लिने निर्णय गरेको छ ।

    गाउँपालिकाले शुक्रवार एक सूचना जारी गरी विदेशी पर्यटकले जनही पाँच सय रुपैयाँ र नेपालीले सय रुपैयाँ पर्यटन शुल्क तिर्नुपर्ने जनाएको छ ।

    गाउँपालिकाको गत असारमा बसेको गाउँ सभाको निर्णयअनुसार पर्यटन शुल्क लगाएको हो । संविधान र कानुनअनुसार नै पर्यटन शुल्क लगाउने निर्णय गरिएको हो ।

    माछापुच्छ्रे गाउँपालिका अन्तर्गत चर्चित मर्दी हिमाल पदमार्ग, माछापुच्छ्रे मोडल ट्रेक, ग्रेट माछापुच्छ्रे ट्रेक, घले खर्क तारा हिल ट्रेक लगायत पर्छन् ।

    अब आगामी सातादेखि यी पदमार्गमा जाने पदयात्रीले शुल्क तिर्नुपर्ने छ । गाउँपालिकाका पदमार्गमा आउने पर्यटकको सङ्ख्या यकिन गरेर पर्यटन विकासका योजना बनाउन पनि शुल्क उठाएको गाउँपालिकाले जनाएको छ ।

    पदयात्रीसँग शुल्क लगाएपछि अब माछापुच्छ्रे गाउँपालिकाभित्र आउने विदेशी पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend