logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   09:26 AM

  • नेपाल सत्कार दिवसको दोस्रो संकरण अगामी माघ २ गते हुने

    नेपाल सत्कार दिवसको दोस्रो संकरण अगामी माघ २ गते हुने


    पर्यटन नेपाल

    बुधबार, २४ पुष २०८१


    काठमाडौँ । नेपाल सत्कार दिवस (नेपाल हस्पिटालिटी डे-२०२५’ को दोस्रो संकरण अगामी माघ २ गते हुने भएको छ ।

    होटल सङ्घ नेपालको स्थापना दिवसको अवसरमा सत्कार दिवस मनाउन लागिएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    होटल क्षेत्रले वर्षभरी भोगेका अवस्ता र विकासका सम्भावना, चुनौति तथा आगामी रणनीति तय गर्ने उद्देश्यले सत्कार दिवस आयोजना गर्न लागिएको सङ्घका अध्यक्ष विनायक शाहले बताए ।

    रैथाने खानाको प्रस्तुतिमार्फत नेपालको पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने उनले बताए ।

    यस पटकको सत्कार दिवस होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले सङ्घले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक को विमोचन गरिने छ ।

    सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवद्र्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालाहित गर्ने सातै प्रदेशका मुख्य मुख्य रैथाने खानाको प्रदर्शन गरिनुका साथै सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनाहरुलाई सत्कार स्वरुप प्स्तुति गरिने सङ्घले विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त अवसरमा विभिन्न विधाका प्रायोजकहरुद्धारा प्रवद्र्धनमा राखिएका प्रदर्शनीकक्षहरु मुख्य आकर्षण रहने जनाइएको छ ।

    साथै पर्यटन क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तिहरुलाई पुरस्कृत गरिने जनाइएको छ । होटल सङ्घ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने सङ्घले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend