logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • होटलहरुले अब उद्योगको मान्यता पाउने

    होटलहरुले अब उद्योगको मान्यता पाउने


    पर्यटन नेपाल

    बुधबार, २ माघ २०८१


    काठमाडौँ । होटलहरुले अब उद्योगको मान्यता पाउने भएका छन् ।

    औद्योगिक व्यवसाय ऐन २०७६ को संशोधन गर्दै सरकारले तारे होटल र पर्यटन रिसोर्टलाई वर्गीकृत गरेको हो ।

    अर्बौं लगानी गर्दै लाखौँलाई रोजगारी दिँदै आए पनि उद्योगको मान्यता नदिएको भन्दै वर्षौंदेखि सरकारसँग उत्पादनमूलक क्षेत्रमा पारिदिन लविङ भैरहेको थियो ।

    मन्त्रिपरिषद्को बैठकबाट यो अध्यादेश पास भए पनि पारितका लागि राष्ट्रपति कार्यालयमा पठाउन बाँकी छ । यदि, मन्त्रिपरिषदले पठाएको प्रस्तावमा कुनै पनि फेरबदल नभई प्रमाणीकरण भए तारे होटल र पर्यटन रिसोर्टले उत्पादनमूलक उद्योगको मान्यता पाउने छन् ।

    होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगमा राख्ने प्रतिबद्धता भए पनि ऐन संशोधन हुन सकेको थिएन ।

    सरकारले अहिले ऐननै संशोधन गरी तारे होटललाई उत्पादनमूलक उद्योगमा राख्ने र त्यहीअनुसारको सेवा सुविधा दिने व्यवस्था गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend