logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर परेको छ: पर्यटनमन्त्री पाण्डे

    जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर परेको छ: पर्यटनमन्त्री पाण्डे


    पर्यटन नेपाल

    बुधबार, २ माघ २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले हिमाललाई जोगाउन सकिएन भने नेपालकै अस्तित्वमा प्रश्न उठ्ने बताएका छन् ।

    एमएस म्युजिक एण्ड ईन्टरटेन्मन्टद्वारा आयोजित एभरेस्ट टुरिजम अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

    अवार्ड कार्यक्रममा १८ वटा देशका विदेशीहरूदेखि स्वदेशीहरूलाई विभिन्न विधाबाट सम्मान गरिएको थियो ।

    उनले जलवायु परिवर्तनका कारण हिमालको अस्तित्वमा असर पर्दै गएको बताए ।

    मन्त्रि पाण्डेले भने, ‘जलवायु परिवर्तनका कारण हिमालहरू काला देखिन थालेका छन् । हिमालको अस्तित्व जोगाउन सकिएन भने नेपालकै अस्तित्वमाथि प्रश्न चिन्ह उठ्न सक्छ ।’

    प्रकृतिलाई जोगाउनु पर्ने चुनौती देखिएको उल्लेख गर्दै उनले जलवायु परिवर्तनका कारण मुलुक संकटमा पर्दै गएको चिन्ता व्यक्त गरे ।

    मन्त्री पाण्डेले जलवायु परिवर्तनले नेपालमा परेको असरबारे सिंगो विश्व एक ठाउँमा उभिनु पर्ने समेत बताए ।

    उनले हिमाललाई हिमालकै रूपमा रहन दिने गरी विश्व जगत एक ठाउँमा उभिनका लागि संयुक्त राष्ट्र संघ समेत चिन्तित हुनु पर्नेमा जोड दिनुपर्ने बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend