logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • निगमले जहाज खरिदको ५३ करोड ऋण किस्ता तिर्‍यो

    निगमले जहाज खरिदको ५३ करोड ऋण किस्ता तिर्‍यो


    पर्यटन नेपाल

    बिहिबार, ३ माघ २०८१


    काठमाडौँ । नेपाल वायुसेवा निगमले जहाज किन्दा लिएको ऋणको पुस महिनासम्मको किस्ता बुझाएको छ ।

    निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेको दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्ताबापतको ५३ करोड नौ लाख ५५ हजार २८१ रूपैयाँ बुझाएको हो ।

    यससँगै निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपछि २०८१ पुस मसान्तसम्म निगमले ६ अर्ब ८५ करोड ९५ लाख १२ हजार ८१४ रूपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

    निगमले दुई न्यारोबडीको पूरा र दुई वाइडबडीको आंशिक गरी यो रकम बुझाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend