काठमडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।
शुक्रबार इयूका राजदूत भेरोनिक लोरेन्जोसहितको प्रतिनिधि मण्डलसँग मन्त्रालयमा भएको भेटघाटका क्रममा मन्त्री पाण्डेले युरोपेली आकाशमा एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका हुन् ।
उनले भने, ‘नेपाल र इयूबीच सन् करिब पाँच दशकअघि कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै घनिष्ट कूटनीतिक सम्बन्ध रहेको छ । इयू नेपालको प्रमुख विकास साझेदार हो। हामी हाम्रा सामाजिक, आर्थिक विकास प्रयासमा इयूको निरन्तर सहयोग प्रति कृतज्ञ छौं ।’
मन्त्री पाण्डेले इयूको आकाशमा नेपाली एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध चाडैं फुकुवा गरेर सहयोग गरिदिन समेत अनुरोध गरका छन् ।
मन्त्री पाण्डे नेपाल र युरोपेली युनियनबीच निकै पहिलेदेखि रहेको समेत उल्लेख गरे ।
उनले फ्रान्सको एयरबस कम्पनीले नेपाली नागरिक उड्डयन क्षेत्रमा कुनै पनि प्रकारको सहयोग गर्न तत्पर रहेको समेत बताए ।