logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

    हिउँ पन्छाएर हवाई सेवा सञ्चालन


    पर्यटन नेपाल

    शुक्रबार, ४ माघ २०८१


    हुम्ला । हिउँ पन्छाएर हुम्लाको सिमकोट विमानस्थलमा आजदेखि हवाई सेवा सञ्चालनमा ल्याइएको छ ।

    विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले बताए । बिहीबार बिहानदेखि जिल्लामा हिमपात भएको थियो ।

    आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले संयुक्त रूपमा विमानस्थलको धावन मार्ग, पार्किङस्थल लगायतका हिउँ पन्छाएको हो ।

    हिउँ पन्छाउने बित्तिकै नेपालगन्जबाट सीता र समिट एयरले उडान भरेको विमानस्थल प्रमुख सिंहले बताए । हिमपातका कारण दुई दिनदेखि सदरमुकाम सिमकोट जोड्ने सडक अवरुद्ध छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend