logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • माल्दिभ्सका पर्यटकलाई नेपाल ल्याउने पहल

    माल्दिभ्सका पर्यटकलाई नेपाल ल्याउने पहल


    पर्यटन नेपाल

    मंगलबार, ८ माघ २०८१


    काठमाडौँ । माल्दिभ्सका पर्यटकलाई नेपाल ल्याउने पहल गरिएको छ । पर्यटक बढाउने उद्देश्यले काठमाडौँमा मेला आयोजना गरिएको छ ।

    पानीको सतहमा बस्ने माल्दिभ्सका पर्यटकलाई नेपाल ल्याउन लागिएको हो ।

    श्रीलंकन एयरलाइन्स र माल्दिभ्सको आतिथ्य ब्रान्ड आधारणले दुई देशबीच पर्यटक आदान–प्रदान बढाउने उद्देश्यले दुई दिने ‘बीटुबी’ मेला आयोजना गरेका हुन् ।

    माल्दिभ्सका पर्यटकलाई सगरमाथाको देश ल्याउन प्रवर्द्धन कार्यक्रम आयोजना गरिएको हो ।

    यस कार्यक्रममा पहिलो दिन मंगलबार ३५ र बुधबार ३५ इनबाउन्ड र आउटबाउन्ड टुर व्यवसायी सहभागी भएको कम्पनीले जनाएको छ ।

    नेपालबाट माल्दिभ्स जाने पर्यटक र माल्दिभ्सबाट नेपाल आउने पर्यटक लक्षित गरी प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको हो । यसले दुवै देशमा पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend