logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • थाइ एयरको भैरहवा-बैंकक उडानको भाडादर कति ?

    थाइ एयरको भैरहवा-बैंकक उडानको भाडादर कति ?


    पर्यटन नेपाल

    मंगलबार, ८ माघ २०८१


    काठमाडौँ । थाइ एयर एसियाले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने उडानको भाडा तोकेको छ ।

    थाइले भैरहवा विमानस्थलबाट बैंककको लागि गर्ने उडानको भाडा तोकेको हो ।

    थाइले एकतर्फी भाडादर १२ हजार ९९० रूपैयाँ तोकेको छ । यो भाडादरमा जनवरी २६ सम्म टिकट बुकिङ गर्न सकिने एयरलाइन्सले जनाएको छ ।

    कम्पनीले बुकिङ पिरियड राखेर वेबसाइट तथा समाजिक सञ्जालमा भाडादरमा टिकट बिक्रीका लागि राखेको छ ।

    थाइ एयरले गत कात्तिक १८ गतेदेखि भैरहवा विमानस्थलबाट नियमित उडान सुरू गरेको थियो ।

    नियमित उडान थाल्ने भएसँगै थाइले सस्तोमा टिकट बिक्री गर्ने लागेको हो ।

    यात्रुले फेब्रुअरी ३ देखि मार्च २९ सम्म यात्रा गर्न सक्नेछन् ।

    थाइले भिजिबिलिटीका कारण गत मंसिर २ गतेदेखि नियमित उडान रोकेको थियो । अब भने फेब्रुअरीबाट नियमित थाल्ने तयारी गरेको एयरलाइन्सले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend