logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   01:49 PM

  • जजिराले भैरहवाबाट नियमित उडान भर्ने

    जजिराले भैरहवाबाट नियमित उडान भर्ने


    पर्यटन नेपाल

    बुधबार, ९ माघ २०८१


    काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिराले नियमित रुपमा उडान भर्ने भएको छ ।

    माघ २९ (फेब्रुअरी ३) देखि जजिराले नियमित खरुपमा उडान भर्न लागेको हो ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार भैरहवाबाट अहिले नेपाल एयरलाइन्स र फ्लाइ दुबईले उडान गरिरहेका छन् ।

    विदेश जाने यात्रुुहरूका लागि ५ सय मिटरमै सबै सेवा उपलब्ध गराउने प्रतिबद्धतासहित अघि बढे भैरहवा र पोखरा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउने प्राधिकरण जनाएको छ ।

    हिमालय एयरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा-ल्हासा उडानका लागि पहल गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend