logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • तेन्जिङ नोर्गे शेर्पा आरोहण प्रतियोगिता सुरु, प्रथमलाई ४५ हजार नगद पुरस्कार

    तेन्जिङ नोर्गे शेर्पा आरोहण प्रतियोगिता सुरु, प्रथमलाई ४५ हजार नगद पुरस्कार


    पर्यटन नेपाल

    बुधबार, १६ माघ २०८१


    काठमाडौँ । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन(खुल्ला आरोहण प्रतियोगिता)को दोस्रो संस्करण सुरु भएको छ ।

    प्रतियोगिता बुधबार (आज) जगडोलस्थित गेटवे एड्भेन्चर हबमा सुरु भएको हो ।

    गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिसालले प्रतियोगिताको उत्घाटन गरेका हुन् ।

    उनले भने, ‘आज मैले तेन्जिङ नोर्गे शेर्पाको नाम लिन पाउँदाखेरि एक्दमै खु:सी लागेको छ । नेपालमा यस्ता कार्यक्रमलाई मैले महत्वपूर्ण ठानेको छु। नेपाललाई माउन्टेन कन्ट्री भनेर चिन्छन्। त्यसकारण हामी नै यसमा  मलाई इन्ट्रेस्ट छ।’

    आयोजकलाई नगरपालिकाको पनि साथ रहेको रिसालले बताए । हाम्रो नगरपालिकास्थित शहिद पार्कमा आरोहण सम्बन्धित क्लाइमिङ वाल बनाउना चाहेमा नगरपालिकाको पनि साथ रहने उनले बताए ।

    यूएस नेपाल क्लाइम्बर एशोसिएसन र नेपाल नेशनल माउण्टेन गाइड एशोसिएसनको संयुक्त आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको लागि जनवरी १५ देखि २५ तारिखसम्म आवेदन खुल्ला गरिएको थियो । जसमा ५० भन्दा बढीले सहभागिता जनाएका छन् ।

    यूएस नेपाल क्लाइम्बर एशोसिएसनका संस्थापक अध्यक्ष एवं प्रतिनिधि सेराप जाङ्बु शेर्पाका अनुसार उक्त प्रतियोगिता यही आज (माघ १६ र १७ गते)सम्म हुने छ ।

    प्रतियोगितामा नियामानुसार १२ वर्षभन्दा माथिकाले सहभागीता जनाएका छन् भने प्रतियोगितामा पुरुष र महिलाबीच छुट्टाछुट्टै प्रतिस्पर्धा गराइने छ ।

    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने महिला/पुरुषले क्रमशः ४५ हजार, ३० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

    प्रतियोगिताकाे टाइटल स्पोन्सर: हेली एभरेस्ट, ग्रोल्ड‌ स्पोन्सर: सेभेन समिट ट्रेक, सिल्भर स्पोन्सर: हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपेडिसन, एभरेस्ट शेर्पा फाउन्डेसन, ब्रन्ज स्पोन्सर: आम डब्लम बेस क्याम्प लज रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend