logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • जनवरीमा झण्डै ८० हजार पर्यटकले गरे नेपाल भ्रमण

    जनवरीमा झण्डै ८० हजार पर्यटकले गरे नेपाल भ्रमण


    पर्यटन नेपाल

    आइतबार, २० माघ २०८१


    काठमाडौँ । जनवरी महिनामा झण्डै ८० हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२५ को जनवरी महिनामा ७९ हजार ९ सय ९१ जना पर्यटकले नेपाल भ्रमण गरेका हुन् ।

    समग्रमा पर्यटक आगमनकाे संख्या हेर्दा यस वर्ष पहिलो महिना सकरात्मक देखिएकाे छ ।

    यस वर्ष जनवरीमा भारतबाट २० हजार ४ सय ८५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षकाे तुलनामा भने यो वर्ष भारतबाट आउने पर्यटकको सङ्ख्यामा कमी आएको हो ।

    त्यसै गरी अमेरिकाबाट ८ हजार ६३ जना, बङ्गलादेशबाट ५ हजार ४ सय ६ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसै गरि साउथ काेरियाबाट ३ हजार ७सय ५६ जना, थाइल्याडबाट ३ हजार २ सय १९ जना, भुटानबाट २ हजार ७ सय ६८ जना र जापानबाट १ हजार ५ सय ७० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    त्यस्तै चीनबाट ८ हजार १ सय ९१, श्रीलङ्काबाट ४ सय ७ पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको तुलनामा भने यो वर्ष चिनिया पर्यटकको आगमनमा भने सुधार देखिएको छ ।

    त्यसै गरी बेलायतबाट ३ हजार ५ सय २१ पर्यटक, जर्मनीबाट १ हजार ३ सय २१, फ्रान्स १ हजार १०, रुस ६ सय १६ र अस्ट्रेलियाबाट ४ हजार ३ सय १,
    पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    २०२४ जनवरीमा ७९ हजार १ सय पर्यटकले नेपाल भ्रमण गरेको तथ्याङ्क नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको छ ।

    त्यस्तै सन् २०२३ को जनावरीमा ५५ हजार ०७४ जना, सन् २०२२ मा १६ हजार ९ सय ७५ जना पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

    तथ्याङ्क हेर्दा सन् २०२१ को जनावरीमा ८ हजार ८ सय ७४ जना र २०२० को जनावरीमा ७९ हजार ७ सय ०२ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अहिलेसम्मको तथ्याङ्क हेर्दा सन् २०१९ मा सबै भन्दा धेरै पर्यटकले नेपाल भ्रमण गरेको देखिन्छ । सन् २०१९ को जनावरीमा अहिलेसम्मकै सबैभन्दा धेरै ८१ हजार २ सय ७३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । कोरोनाले खस्किएको नेपालको पर्यटन लयमा फर्किँदै गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend