logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:06 AM

  • संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् : पर्यटनमन्त्री पाण्डे

    संस्कृति, प्रकृति र सम्पदाहरू नेपालका खुला संग्रहालय हुन् : पर्यटनमन्त्री पाण्डे


    पर्यटन नेपाल

    सोमबार, २१ माघ २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका विविध संस्कृति, प्रकृति र सम्पदाहरू खुला संग्राहलय भएको उद्घोष गरेका छन् ।

    सोमबार प्रा। डा। सोमप्रसाद खतिवडाद्वारा लिखित हनुमानढोका दरबार क्षेत्रका मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तक र हुनुमान ढनेका स्मारिका नामक पुस्तकको विमोचन गर्दै यस्तो बताएका हुन् ।

    मन्त्री पाण्डेले भने, ‘हामी जीवित सम्पदाहरूले धनी छौं । विविध संस्कृति,प्रकृति र सम्पदाहरू खुला संग्राहलयका रूपमा रहेका छन् ।यसलाई चलायमान् बनाउन आवश्यक छ ।’

    मन्त्री पाण्डेले सम्पदाहरू ठूलो पूँजीको रूपमा रहेको उल्लेख गर्दै जल, जंगल र जडिबुटी जस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता रहेको औल्याए । उनले प्राकृतिक सम्पदाहरू जोगाउनका लागि प्राज्ञिक र एकेडेमीक रूपमा बहस र छलफल हुनुपर्नेमा जोड दिए ।

    उनले सम्पदाको अध्ययन,अन्वेषणहुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुने गरि निष्कर्षमा पुग्नु पर्ने बताए ।

    मन्त्री पाण्डेले हनुमानढोका दरबार क्षेत्रको मुर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धात्मक तरिकाले विराट र विशाल रूपमा अघि बढेको भन्दै प्रशंसा समेत गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend