logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:57 AM

  • नेपाल भारत सम्बन्धमा कला संस्कृतिको ठूलो योगदान: मन्त्री पाण्डे

    नेपाल भारत सम्बन्धमा कला संस्कृतिको ठूलो योगदान: मन्त्री पाण्डे


    पर्यटन नेपाल

    बिहिबार, २४ माघ २०८१


    काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पृथ्वी जोगाउनको लागि संतुलनको खोजी गरिनु पर्ने बताएका छन् ।

    बुधबारबाट राजधानीमा सुरु भएको नेपाल भारत रङ्ग महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

    बिकासका नाममा भौतिक बिकासलाई मात्र प्राथमिकता दिँदा पछिल्लो समय पृथ्वीमा विभिन्न समस्या देखिन थालेकोले पृथ्वी जोगाउन संतुलनको खोजी गरिनु पर्ने मन्त्री पाण्डेले बताए ।

    उनले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा समेत हिउँ देखिन छोड्नु निकै चिन्ताको विषय भएको बताए ।

    नयाँ सन्तुलनको खोजी गर्न रङ्गकर्मीहरुले ठूलो योगदान दिन सक्ने उनको भनाइ थियो ।

    उनले कलालाई सिमानाले रोक्न नसक्ने बताउँदै नेपाल भारतको सम्बन्धमा कला संस्कृतिले समेत ठुलो योगदान गरेको दाबी गरे ।

    महोत्सवमा नेपाल र भारतका जम्मा छवटा नाटक प्रदर्शन गरिने छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend