logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:24 AM

  • उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव

    उद्योगपति चौधरीले मिथिला थालीमा मनाए वैवाहिक वार्षिकोत्सव


    पर्यटन नेपाल

    शनिबार, २६ माघ २०८१


    काठमाडौं । उद्योगपति बिनाेद चौधरीले आफ्नो वैवाहिक वार्षिकोत्सव मिथिला थालीमा मनाएका छन् ।

    वार्षिकोत्सव मनाउन शुक्रबार साँझ काठमाडौंको गैरिधारास्थित मिथिला थालीमा पुगेका चौधरीको परिवारलाई मास्टर सेफ सन्तोष शाहले विभिन्न परिकार बनाएर खुवाएका हुन् ।

    मास्टर सेफ सन्तोषले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै चौधरीको वर्षगाँठका अवसरमा आफूले विभिन्न परिकार बनाएर खुवाएको जनाएका हुन् ।

    उनका अनुसार वर्षगाँठ मनाउनका लागि उद्योगपनति चौधरीसँगै पत्नी सारिका, छोरा निर्वाण, बुहारी तथा नातिनातिना उपस्थित भएका थिए ।

    वर्षगाँठ मनाउका लागि चौधरी परिवार शुक्रबार साँझ करिब ७:३० बजेतिर मिथिला थाली पुगेका थिए ।

    मास्टर सेफ शाहले उनीहरूलाई विभिन्न १० वटा शाकाहारी परिकार बनाएर खुवाएका हुन् ।

    चौधरी परिवारका लागि शाहले तीन प्रकारका वेलकम ड्रिंक्स, क्यानापिज कोर्स, एपिटाइजर, फ्रस्ट मेन्स, मेन कोर्स, प्रि-डिजर्ट र डिजर्ट बनाएका हुन् । शाहका अनुसार अधिकांश परिकार बनाउका लागि नेपाली रैथाने उत्पादनको प्रयोग गरिएको हो ।

    ‘उद्योगपति चौधरीको वर्षगाँठका अवसरमा विभिन्न परिकार बनाएर खुवाउन पाउनु मेरा लागि पनि सम्मानको क्षण हो,’ उनले भनेका छन् ।

    शाहले छोटो समयको सूचना र तयारीबीच विभिन्न परिकार बनाएर खुवाएको बताए । ‘उहाँहरू वार्षिकोत्सव मनाउन आउने भन्नेबारे मलाई दिउसो २ बजेतिर मात्र खबर भयो । सुरूमा त के गर्ने भनेर म आफैं अन्योलमा परेँ । तर करिब ३ घण्टाको तयारीपछि उहाँहरूलाई विभिन्न परिकार खुवाउन पाइयो,’ शाहले भने ।

    चौधरी परिवारको साथ र सहयोगले मौलिक संस्कृति र पाककलामार्फत नेपालको पहिचान प्रस्तुत गर्ने आफ्नो उत्साह थप बढेको मास्टर सेफ शाह बताउँछन् ।

    त्यसअवसरमा चौधरीसँग नेपाली खाना र यसको विश्वव्यापी प्रबर्धनका विषयमा समेत कुरकानी भएको शाहले बताए । ‘नेपाली मौलिक खानालाई आधुनिक प्रस्तुतीकरणमार्फ विश्वव्यापी बनाउन आवश्यक छ,’ चौधरीलाई उद्धृत गर्दै मास्टरसेफ शाहले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend