काठमाडौँ । बुद्ध एयरले भ्यालेन्टाइन अफर ल्याएको छ ।
१४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवस (भ्यालेन्टाइन) लाई थप स्मरणीय मनाउन बुद्धले यस्तो अफर ल्याएको हो ।
बुद्धले पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशंकरलगायत थुप्रै हिमश्रृंखलामा एउटा टिकट किन्दा अर्को टिकट छुट दिएको छ ।
जोडी यात्रुले चकलेट, गुलाबको फुल तथा चिया स्पटको मिठो खाजा खानाका लागिसमेत डिस्काउन्ट भउचर पाउनेछन् ।
यसैगरी गोलाप्रथाबाट छानिने ३ जना जोडी यात्रुका लागि दलाई-ला-बुटिक होटलमा दुई दिन एक रातको प्याकेज र ५ जना जोडी यात्रुलाई चन्द्रागिरी केबलकारको आउजाउ टिकट तथा अन्य सबै यात्रुहरूका लागि डिस्काउन्ट भउचर उपलब्ध गराइने छ ।
अफरमा एक जना यात्रुलाई झ्याल र सँगैको सिट दिनेछ ।