काठमाडौँ । यती एयरलाइन्सले फागुन महिनाभरी लागु हुने गरी एउटा विशेष अफर ल्याएको छ ।
यतिले विवाहको महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना ल्याएको हो ।
विवाहमा जाने प्रत्येक जन्तीका सदस्यले पाँच केजीको लगेज पनि लैजान पाउने छन् ।
यतिले ल्याएको उक्त योजनाअन्तर्गत यतीमार्फत यात्रा गर्दा बेहुला–बेहुलीले हवाई टिकट फ्री पाउनेछन् ।
हवाई यात्रामार्फत जन्ती जाने परम्परालाई प्रवर्द्धन गर्दै यात्रुलाई थप सुविधा दिने उद्देश्य यस्तो योजना राखेको यति एयरलाइन्सले जनाएको छ ।