logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:33 AM

  • नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ प्रदर्शनी श्रृंखला पुनः सुरू गर्दै

    नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ प्रदर्शनी श्रृंखला पुनः सुरू गर्दै


    पर्यटन नेपाल

    बिहिबार, १ फाल्गुन २०८१


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले ‘फोटो नेपाल’ प्रदर्शनी श्रृंखला पुनः सुरू गर्ने भएको छ ।

    सन् २०१६ बाट सुरू गरेको श्रृंखला बोर्डले पुनः सुरू गर्ने लागेको हो । यसको मुख्य उद्देश्य प्राकृतिक र सांस्कृतिक सम्पदालाई फोटोग्राफीमार्फत देखाउनु हो ।

    नवीन बरालद्वारा प्रस्तुत ‘कर्णाली नदी नामक तस्बिरहरू प्रदर्शनी’मा राखिने बोर्डले जनाएको छ ।

    प्रदर्शनीमा राखिने तस्बिर ४५ दिनमा तय गरिएको एक हजार ८० किलोमिटर लामो साहसिक यात्रामार्फत कर्णाली नदीको अद्भूत सौन्दर्यलाई कैद गरेको छ ।

    उक्त तस्बिर आगामी फागुन १ र २ गते बोर्डमा अवलोकन गर्न पाइनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend