logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • टाटाको प्रिमियम इभी कर्भ भित्रियो, कति पर्छ मूल्य ?

    टाटाको प्रिमियम इभी कर्भ भित्रियो, कति पर्छ मूल्य ?


    पर्यटन नेपाल

    आइतबार, ११ फाल्गुन २०८१


    काठमाडौँ । टाटा मोटर्सको बिजुली गाडी (इभी) बजारमा आएको छ ।

    आइतबार एक कार्यक्रमबीच टाटा मोटर्सले आधिकारिक कूप डिजाइनको एसयुभी कर्भको बिक्री खुला भएको घोषणा गरेको हो ।

    नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि रहेको छ ।

    इभीमा ५५ किलोवाट आवर क्षमताको लिथियम आयन ब्याट्री छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी ३८० देखि ४०० किलोमिटरसम्म चल्ने टाटाले जनाएको छ ।

    यो गाडिले एक सय किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमा लिन सक्ने कम्पनीले जनाएको छ ।

    यसमा जेबिएल साउन्ड सिस्टम, ड्राइभ ड्राउजिनेस अलर्ट, वायरलेस चार्जिङ प्याड, अटो होल्ड, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, रोटरी ड्राइभ सेलेक्टर, हिल स्टार्ट डिसेन्ट असिस्ट, पानारोमिक सनरूफ, भेन्टिलेटेड सिट, इलेक्ट्रिक पार्किङ ब्रेक, इएसपी, ब्लाइन्ड स्पट मनिटर र लेभल २ एडासजस्ता फिचर छन् ।

    गाडीको लम्बाइ ४३१० मिमी, चौडाइ १८१० मिमी, उचाइ १६३० मिमी र ह्विलबेस २५६० मिमी छ । ११९ मिमी ग्राउन्ड क्लियरेन्स भएको यो इभीमा १८ इन्चका अलोय चक्का छन् ।

    यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टच बेस क्लाइमेट कन्ट्रोल बटम, फोर(स्पोक स्टेरिङ ह्विल, नेभिगेसन सहितको १०.२५ इन्चको डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर छ ।

    कर्भ इभीको मूल्य ५६ लाख ९९ हजार रूपैयाँ तोकिएको छ । कर्भ हाल सेतो र खरानी रङमा पाइन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend