काठमाडौँ । नेपाली बजारमा १२५ वर्षको इतिहास भएको फ्रेन्च ब्राण्ड प्यूजोको स्कुटर भित्रिएको छ ।
अग्नी ग्रुपको सहायक कम्पनी अग्नी मोटोइंकले प्यूजोको जङ्गो र स्पीडफाइट ४ फ्रेन्च ब्रान्डको अल्ट्रा प्रिमियम स्कुटर नेपाली बजारमा ल्याएको हो ।
अग्नि मोटरर्सका महाप्रबन्धक शरद मिश्रका अनुसार यो १२५ सीसी स्कुटरमा रेट्रो फ्रेन्च डिजाइन र आधुनिक इन्जिनियरिङलाई समावेश गरिएको छ ।
महाप्रबन्धक मिश्रले भने, ‘प्यूजो मोटोसाइकल्स भनेको डिजाइन र प्रदर्शनमा एक शताब्दीको फ्रेन्च उत्कृष्टताको प्रतिक हो । प्यूजो मोटोसाइकल्सको नेपाल प्रवेशले दुई पाङ्गे सवारी साधनको मोबिलिटीमा नयाँ अध्यायको सुरुवात भएको संकेत गर्छ । आगामी दिनहरूमा प्यूजो मोटरसाइकल अन्य मोडलहरू पनि ल्याउने योजनामा छौं ।’
जङ्गो स्कुटरको नेपाली बजारमा पाँच लाख ७१ हजार रुपैयाँ मूल्य तोकिएको छ । जङ्गो नीलोरसेतो, फ्लेमिङ्गो, पिस्टाचियो ग्रिन र एडभेन्चर ग्रिन गरि चार रङमा उपलब्ध छन् ।
जङ्गोले फराकिलो बनावट, ठूला पानाहरू र युरो मापदण्डहरू पूरा गर्ने १०।६ एचपी इन्जिनले आरामदायी यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ । इजि मोसन भएको यसमा साइड स्ट्यान्ड इन्जिन सुरक्षा र ब्रेकिङ प्रणाली, एलसीडी ड्यासबोर्ड, चार्ज गर्ने सुविधा लगायत फिचरहरू रहेका छन् ।
त्यस्तै, स्पीडफाइट ४ मा १५० सीसी इन्जिनसहित उच्च प्रदर्शन क्षमता, तीव्र गतिको साथ सटीक ह्यान्डलिङ रहेको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा ६ लाख ३२ हजार रुपैयाँ तोकिएको छ । यसमा खैरोरकालो र नीलोरपहेँलो गरी दुई रङहरूमा उपलब्ध छ ।
स्पीडफाइट ४ मा शक्तिशाली इन्जिनका साथ परिष्कृत टर्क र सहज प्रवेशका लागि ९.३ किलोवाट भएको स्मार्ट मोसन इन्जिन उपलब्ध छ । यसले सुरक्षित ह्याण्डलिङ प्रदान गर्ने कम्पनीको दाबी छ ।
