काठमाडौँ । यती एयरलाइन्सले सुर्खेत र धनगढी विमानस्थलमा परीक्षण उडान गरेको छ ।
शनिवार यती एयरलाइन्सको ९ एन-एएमएन एटीआर ७२ विमानले सुर्खेत र धनगढी विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरेको हो ।
नेपालगन्ज विमानस्थलबाट शनिवार दिउँसो उडेको यतीको विमान सुर्खेत विमानस्थलमा १२ः१७ र धनगढी विमानस्थलमा २ः४५ बजे सफल अवतरण गरेको हो ।
एयरलाइन्सका प्रशिक्षक पाइलटहरूद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए ।
नेपाल नागरिक उड्डयन प्राधिकरण तथा यती एयरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा थिए ।
यतीले सात वटा एटीआर ७२ विमान मार्फत नियमित रूपमा काठमाडौँ, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगन्ज विमानस्थल लगायत पर्वतीय उडानहरू गर्दै आएको छ ।