काठमाडौँ । पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य घटेकाे छ ।
शनिबार मध्यरातीदेखि लागू हुने गरी नेपाल आयल निगमले मूल्य घटाएको हाे ।
निगमले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटाएकाे छ ।
निगमले घटाएकाे मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्री वितरण हुनेछ ।
इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएपछि निगमकाे सञ्चालक समिति मूल्य घटाउने निर्णय गरेकाे हाे ।

Oplus_131072