logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:05 AM

  • जापानको फुजिजोनियाका नगरप्रमुखद्वारा मन्त्री पाण्डेसँग शिष्टाचार भेट

    जापानको फुजिजोनियाका नगरप्रमुखद्वारा मन्त्री पाण्डेसँग शिष्टाचार भेट


    पर्यटन नेपाल

    शनिबार, १६ चैत्र २०८१


    काठमाडौँ । जापानको सिजुओका प्रान्तका फुजिनोमियाका नगर प्रमुख हिदेताडा सुडो नेतृत्वको टोली र संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेसँग मंगलबार शिष्टाचार भेट गरेको छ ।

    मंगलबार भएको भेटमा नगरप्रमुख सुडो नेतृत्वको प्रतिनिधि मण्डलको टोलीले जापान र नेपालको संस्कृति,पर्यटन लगायतका विषयमा छलफल गरेको हो ।

    फिजिनोमिया नगरपालिका र काभ्रेको मण्डन देउपुर नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापित भएको प्रति मन्त्री पाण्डेले सुखी व्यक्त गरेका छन् ।

    मन्त्री पाण्डेले जापानको फुजी वाटर विश्वप्रख्यात रहेको प्रति खुसी व्यक्त गर्दै कृषि,पर्यटन सामाजिक सांस्कृतिक र शिक्षा जस्ता कुरामा ज्ञानसीप आदान प्रदान गरि अघि बढ्न सुझाव दिए ।

    उनले नेपाल जापानबीचको सम्बन्ध, ‘आगामी दिनमा अझ प्रगाढ रहने बताउँदै त्यसका लागि मन्त्रालय साथमा रहने विश्वास दिलाए ।

    साथै उनले नेपालका हिमालहरु ,धार्मिक पर्यटनका क्षेत्र घुम्न आउन जापानी टोलीलाई अनुरोध समेत गरे ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend