काठमाडौँ । लुम्बिनी केबुलकारले बसन्तपुरमा पाँचतारे होटेल निर्माण गरिरहेको छ । सो होटेलसहित केबुलकारमा ५ अर्ब रुपैयाँ लगानी रहने छ ।
लुम्बिनी केबुलकार नेपालीका लागि मात्र नभई भारतीय पर्यटकका लागि पनि एक प्रमुख आकर्षक गन्तव्य बन्ने बताइएको छ ।
भारतको उत्तर प्रदेशको लुम्बिनी प्रदेशका तराईका जिल्लासँग सीमा जोडिएकाले त्यहाँका नागरिकका लागि लुम्बिनी क्षेत्रमा अवस्थित यो पर्यटकीय पूर्वाधार भारतीय नागरिकको पनि एक महत्त्वपूर्ण गन्तव्य बन्ने छ ।