logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन सहकार्य सम्झौतामा हस्ताक्षर

    नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन सहकार्य सम्झौतामा हस्ताक्षर


    पर्यटन नेपाल

    बिहिबार, २१ चैत्र २०८१


    काठमाडौँ । नेपाल र थाइल्याण्ड सरकारबीच पर्यटन क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

    बुधबार परराष्ट्र मन्त्री आरजु राणा देउवा र थाइल्याण्ड सरकारका प्रतिनिधिले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    त्यस्तै, गैरसरकारी उद्योगहरू र अन्य विभिन्न सम्झौताहरू भएको परराष्ट्र मन्त्री राणाले उल्लेख गरेकी छन् ।

    ‘नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच सांस्कृतिक सम्झौतामा मैले नेपाल सरकारको तर्फबाट हस्ताक्षर गरेको छु साथै नेपाल सरकार र थाइल्यान्ड राजकीय सरकारबीच पर्यटन सहकार्यसम्बन्धी समझदारी पत्र (एमओयु) मा पनि हस्ताक्षर गरेको छु,’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘हाम्रा देशका गैर(सरकारी उद्योगहरूबीच पनि विभिन्न अन्य सम्झौताहरू भएका छन्। यी सबै पहलहरूले नेपाल(थाइल्याण्ड सम्बन्धलाई विभिन्न क्षेत्रहरूमा सुदृढ गर्न सहयोग गर्नेछन् ।’

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend