logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा : मन्त्री भण्डारी

    उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा : मन्त्री भण्डारी


    पर्यटन नेपाल

    बिहिबार, २८ चैत्र २०८१


    काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योग क्षेत्रको विकास सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभाको अवसरमा बोल्दै मन्त्री भण्डारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न, आयात प्रतिस्थापन गर्न र निर्यात प्रवद्र्धन गर्न सरकारले विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रयासहरू थालेको बताए ।

    लगानीको वातावरणलाई थप अनुकूल बनाउन सरकारले नीतिगत सुधारलाई निरन्तरता दिएको, लगानी सम्बन्धी ऐन कानूनहरूलाई समयसापेक्ष बनाउने, एकल विन्दु सेवालाई प्रभावकारी बनाउने, र विदेशी लगानी आकर्षित गर्न विशेष पहलहरू गरिएको मन्त्री भण्डारीले बताए ।

    उनले मुलुकको आर्थिक विकासका लागि औद्योगिक विकास अपरिहार्य रहेको उल्लेख गर्दै नेपालको तुलनात्मक लाभ भएका र प्रतिस्पर्धी क्षमता भएका वस्तु तथा सेवाहरूको उत्पादन, उत्पादकत्व तथा निर्यात वृद्धि गर्ने प्रमुख उद्देश्य राखेर काम गर्नु पर्ने बताए ।

    सरकारले निजी क्षेत्रलाई लगानी गर्न र उद्यमशीलता विकास गर्न प्रोत्साहित गरिरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मेक इन नेपाल जस्ता अभियानहरूले स्वदेशी उद्योगलाई प्रतिस्पर्धात्मक बनाउन र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका बताए ।

    सरकारले औद्योगिक पूर्वाधार विकासमा विशेष जोड दिएको बताउँदै उनले औद्योगिक क्षेत्रहरूको स्थापना र स्तरोन्नति, विद्युत आपूर्तिमा सुधार, सडक र यातायातको विकास, तथा सूचना प्रविधिको विस्तारले उद्योग व्यवसायको लागत घटाउन र उत्पादन क्षमता वृद्धि गर्न मद्दत पुर्याउने बताए ।

    नेपाल उद्योग वाणिज्य महासंघ सरकारको महत्वपूर्ण साझेदार रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले विकास र आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend