logo

बुधबार, १२ कार्तिक २०८३

logo

बुधबार, १२ कार्तिक २०८३   |   08:15 AM

  • कुटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव

    कुटनीतिक प्रतिनिधिलाई इलामको पर्यटकीय अनुभव


    पर्यटन नेपाल

    बुधबार, ३ बैशाख २०८२


    काठमाडौँ । विभिन्न मुलुकका कूटनीतिक प्रतिनिधिहरुलाई नेपालको पर्यटकीय गन्तव्य इलामको भ्रमण गराइ पर्यटन प्रवद्र्धन गरिएको छ ।

    नेपालको पूर्वी पहाडी गन्तव्य इलामको प्राकृतिक,संस्कृतिक सौन्दर्य, संस्कृति र पर्यटन सम्भावनाको प्रवद्र्धन गरिएको हो । परराष्ट्र मन्त्रालयको समन्वयमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको उक्त भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले विज्ञप्तिमार्फत जनाएको छ ।

    परराष्ट्रमन्त्री आरजु राणाको नेतृत्वमा सहभागी राजदूत तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरूले इलामको शान्त वातावरण, पहाडी जीवनशैली, प्राकृतिक र सांस्कृतिक विविधता अनुभव गरेका छन् ।

    भ्रमणले स्थानिय संस्कृति र पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय प्रतिनिधिहरूसाम प्रस्तुत गर्ने अवसर प्रदान गरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले बताए ।

    अप्रिल १३ तारिखका दिन काठमाडौँबाट भद्रपुर विमानस्थल हुँदै इलामको यात्रा सुरु भएको थियो । भद्रपुरबाट स्थलमार्ग हुँदै कन्याम पुगेको प्रतिनिधिमण्डललाई कान्याम नगरपालिकाद्वारा अतिथिहरूको भव्य स्वागत गरिएको थियो ।

    पाहुनाले सांस्कृतिक नृत्य, लोकसंगीत तथा आतिथ्य कार्यक्रमको मज्जा लिए । हर्स राइडिङ को विशेष अनुभव लिएर उक्त टोली श्रीअन्तुतर्फ प्रस्थान गर्यो ।

    अप्रिल १४ तारिखका दिन बिहान सबेरै श्रीअन्तुबाट सूर्योदयको अनुपम दृश्यावलोकन गराइएयो । अन्तु पोखरीमा माछा मार्ने र डुंगा सयर गर्ने गतिविधि भयो । त्यस्तै चिया टिप्ने प्रतियोगिता र टि टेस्टिङ कार्यक्रम समेत आयोजना गरियो जसले इलामको चिया संस्कृतिको अनुभव प्रदान ग¥र्यो ।

    स्थानीय उत्पादन चिज टेस्टिङ कार्यक्रम र साँझ विविध सांस्कृतिक कार्यक्रममा पाहुनाहरु सहभागी भए । उक्त प्रतिनिधिमण्डल अप्रिल १५ तारिखका दिन इलामसँग विदाइ, भद्रपुर विमानस्थल हुँदै काठमाडौँ फिर्ता भएको थियो ।

    भ्रमणले इलामको पर्यटन गन्तव्यका रूपमा प्रवद्र्धन गर्न सहयोग पुर्याएको बोर्डले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend