काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वकै आध्यात्मिक अध्ययन र चिन्तनको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको उद्घोष गरेका छन् ।
शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्व सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।
मन्त्री पाण्डेले भने, ‘लुम्बिनीलाई विश्वकै धबआध्यात्मिक अध्ययन,चिन्तन र मननको केन्द्रको रूपमा पहिचान कायम गराउन सरकार प्रतिवद्व रहेको छ । विश्वविख्यात योजनाविद् केन्जो टांगको गुरूयोजनालाई आधारमा लिई रामग्राम,देवदह,तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता धार्मिक ऐतिहासिक स्थलहरू समेट्दै लुम्बिनी क्षेत्रको एकीकृत विकास गर्ने लक्ष्य लिएको छ ।’
उनले बौद्व धर्मावलम्बीको मर्मलाई आत्मसात् गर्दै स्थानीय समुदायको अपनत्व र प्रकृति र विकासको सन्तुलन आवश्यक रहेको औँल्याएका छन् ।
उनले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उथानको सोचलाई आत्मसात् गर्दै लुम्बिनीको विकास र प्रवर्द्धनका लागप संयुक्त राष्ट्र संघका १६ वटा राष्ट्रहरू सम्मेलित अन्तर्राष्ट्रिय समितिलाई पुनस् सक्रिय बनाउनका लागि यसै वर्ष बैठक आव्हान गर्ने समेत विश्वास दिलाए ।
एसिन बुद्विष्ट कलेचरल फेष्टिभलले लुम्बिनीको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्न समेत टेवा पुग्ने बताए । मन्त्री पाण्डेले लुम्बिनी विकास कोषको ऐन संशोधन गरिने समेत बताए ।
तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा थाईल्याण्ड,कम्बोडिया, चीन लगायतका ५० मुलुकका भिक्षुहरूका साथै बौद्व धर्मावलम्बीको उपस्थिति रहेको छ ।