logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान

    पाथीभरा देवी दर्शन केवलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान


    पर्यटन नेपाल

    मंगलबार, १६ बैशाख २०८२


    काठमाडौँ । पाथीभरा देवी दर्शन केवलकार कम्पनीद्वारा ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ ।

    आज एक विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधिन केबरकारसँग सबन्धित स्थानीयवासीहरुका सरोकारका केही विषयमा पहिचानका लागि युवालगायत विभिन्न स्थानीय संघरसंस्थाहरुले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रुपमा लिएको बताएको छ ।

    कम्पनीले सधै स्थानीयको माग र सरोकारलाई उच्च सम्मान गर्दै आएको व्यहोरा जानकारी गराउँदै त्यहाँका स्थानीय धर्म, संस्कृति, पहिचान र सभ्यताको जगेर्ना गर्दै त्यसको प्रवद्र्धन गर्न कम्पनीको तर्फबाट यथासक्य सहयोग रहने प्रतिवद्धता व्यक्त गरेको छ ।

    कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावणीय प्रभाव मूल्याङ्गनलगायत सम्पूर्ण सरकारी प्रकृया पुरा गरेर परियोजना निर्माणको क्रममा रहेको बताउँदै स्थानीय कला, संस्कृति, पहिचान र धार्मिक परम्परा बमोजिम परियोजना निर्माण गर्ने र आवश्यकताअनुसार स्थानीय जनप्रतिनिधि तथा सबै सरोकारवालाहरुसँग वार्ता, छलफल तथा समन्वय गरी अगाडि बढ्ने जानकारी समेत गराएको छ ।

    “हामीलाई विश्वास छ वार्ता तथा सम्वादबाट जुनसुकै समस्याको पनि समाधान निस्कन सक्छ । हामी केबलकार निर्माणमा देखिएका विषयहरुलाई लिएर पहिचानका लागि स्थानीय युवाले वार्ता र सम्वादका लागि गरेको आग्रहलाई सकारात्मक रुपमा लिन्छौ र यस विषयमा वार्ता तथा सम्वादमा बस्न तयार छौँ,” विज्ञप्तिमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend