logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:26 AM

  • सगरमाथा क्षेत्रमा पुन: व्यवसायीक हेलीकप्टर उडानमा प्रतिबन्ध

    सगरमाथा क्षेत्रमा पुन: व्यवसायीक हेलीकप्टर उडानमा प्रतिबन्ध


    पर्यटन नेपाल

    मंगलबार, १६ बैशाख २०८२


    काठमाडौँ। सगरमाथा क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडान गर्न पुन: प्रतिबन्ध लगाइएको छ ।

    सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले उक्त क्षेत्रमा व्यवसायीक हेलीकप्टर उडान गर्न पुन: प्रतिबन्ध लगाएको हो ।

    स्थानीय सरकारले विज्ञप्ती जारी गर्दै उडानमा प्रतिबन्ध लगाएको हो ।

    सो गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले विज्ञप्ती जारी गर्दै लुक्ला भन्दा माथि रेस्क्यु, कार्गो र माउण्टेन फ्लाइटबाहेक अन्य सबै प्रकारका व्यवसायीक हेलिकप्टर उडानहरूमा पूर्ण रुपमा निषेध गरिएको बताइएको छ ।

    आरोहण सिजन शुरु भएसँगै खुम्बु क्षेत्रमा दैनिक दर्जनौ हेलिकप्टरले व्यवसायीक उडान गरिरहेका बेला पालिकाले प्रतिबन्ध लगाएको हो ।

    जिल्ला प्रशासन कार्यालय सोलुखुम्वुमा यसअघि भएको सरोकारवालाको बैठकमा हेलि उडानमा केही लचक भएको पालिका फेरी प्रतिबन्ध लगाउने निष्कर्शमा पुगेको हो ।

    पालिकाले अव्यवस्थित हेलिकप्टर उडानका कारण वन, वातावरण, जैविक विविधता, स्थानीय व्यापार व्यवसाय र पर्यटकीय गतिविधिहरूमा नकारात्मक असर परेको दाबी गरेको छ ।

    यता हेलिकप्टर कम्पनीहरूले भने व्यवसायीक उडान गर्न पाउनु पर्ने बताइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend