logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड

    नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड


    पर्यटन नेपाल

    मंगलबार, १६ बैशाख २०८२


    काठमाडौँ । नेपाल पर्यटन बोर्डले नयाँ गन्तव्यको खोजी र प्रचारका लागि युवा पुस्तालाई जोडिरहेको छ ।

    मुलुकको पर्यटन प्रबर्द्धनका लागि नयाँ गन्तव्यको वैभव र विशेषतालाई उजागर गर्न युवा पुस्तालाई जोड्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले मंगलबार काठमाडौँमा कनेक्टिङ कन्टेन्ट क्रियटर विथ प्याकेज क्युरेटरु कार्यक्रम गरेको हो ।

    बोर्डले पर्यटकीय उपज उत्पादनकर्ता र पर्यटन व्यवसायीलाई एउटै थलोमा राखेर नयाँ गन्तव्यको प्रबर्द्धनका लागि प्रोत्साहित गरेको हो ।

    यस कार्यक्रममा सुदूरपश्‍चिमको अपि हिमालदेखि सुदूरपूर्वको मुन्धुम ट्रेलसम्म पर्यटकीय गन्तव्यको भिडियो प्रस्तुती गरिएको थियो । जसमा सातै प्रदेशका प्रचार र प्रबर्द्धन हुन नसकेका गन्व्यहरुको भिडियो सामग्री प्रस्तुत गरिएको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले विद्यमान पर्यटन प्रबर्द्धन र प्रचारका नयाँ पुस्तालाई जोडेर प्रविधिको भरपूर उपयोग गर्नुपर्ने बताएका छन् ।

    उनले भने, ‘लामो इतिहास भएको पर्यटन क्षेत्रको प्रचार गर्दा पुरानै र सीमित गन्तव्यको मात्रै प्रचार भइरहेको छ । पछिल्लो दशकमा विश्‍वमा पर्यटनको ट्रेन्ड परिवर्तन भइरहेकोले हामीले पनि नयाँ गन्तव्यहरुको खोजी र प्रचारको नयाँ शैली अवलम्बन गर्नुपर्ने भएको छ ।’

    अहिले देशभरबाट विभिन्‍न समूह र व्यक्तिगत तवरबाट युवा पुस्ताले घुमफिर गर्ने र नयाँ गन्तव्यको खोजी गरिरहेको सन्दर्भ उल्लेख गर्दै सीईओ जोशीले थपे, ‘देशभरका सातै प्रदेशमा ुकन्टेन्ट क्रियटरुहरुको रुपमा लागिरहनुभएका युवा पुस्ताले खोजी गरेका दूरदरजका वैभवता र विशेषताहरुलाई प्रचार र प्रबर्द्धन गरिरहनुभएको छ । उहाँहरुलाई पर्यटकीय उपज उत्पादकसँग जोड्नका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।’

     

    सीईओ जोशीले आगामी दिनमा पर्यटन प्रबर्द्धनमा नयाँ रणनीतिका साथ अघि बढ्नुपर्ने र घुमफिर गरिरहेको युवा पुस्तासँगसँगै काम गर्न पर्यटन बोर्ड खुला रहेको समेत बताएका छन् ।

    उनले थपे, ‘हामी कन्टेन्ट क्रियटरहरुसँग मिलेर पर्यटनलाई रिइम्याजिन गर्न प्रतिबद्ध छौं ।’

    कार्यक्रममा लेखक तथा हिमाल मिडियाका प्रकाशक सम्पादक कनकमणि दीक्षितले कार्यक्रममा सहभागी पर्यटन उपज उत्पादक र कन्टेन्ट क्रियटरहरुलाई गुणस्तरीय पर्यटन विकासमा लाग्‍न प्रेरित गरेका छन् ।

    उनले भने, ‘पर्यटन प्रबर्द्धनका लागि हाम्रो परम्परागत शैली परिवर्तन गरेर जानुपर्ने थियो । बोर्डले यो जमर्को गरेको सकारात्मक संकेत हो । अब हामीले हामीसँग हिमाल छ, सगरमाथा छ भनेर मात्र नपुग्‍ने भएकोले सांस्कृति र अन्य प्राकृतिक वैभवताबारे पनि प्रचार गर्न आवश्यक छ । यसका लागि देशभरमा युवा पुस्ताले व्यक्तिगतरुपमा काम गरिरहेको भए पनि पर्याप्त हुन सकेको छैन । यसलाई व्यवस्थितरुपमा सरोकारवाला निकायले मिलेर अघि बढ्नुपर्दछ ।’

    कार्यक्रममा कोशी प्रदेशबाट मनोज आचार्य, मधेश र बागमती प्रदेशबाट मनिष रुचाल, गण्डकी प्रदेशबाट हेमन्त भण्डारी, लुम्बिनी प्रदेशबाट पल्लव पण्डित, कर्णाली प्रदेशबाट सिर्जना ओली (सिर्जना सिज्‍जु) र सुदूरपश्‍चिम प्रदेशबाट हेमन्त राईले सम्बन्धित प्रदेशका नयाँ पर्यटकीय गन्तव्यको खोजी, सम्भावना र प्रचारको अवस्थासहित भिडियो सामग्री प्रस्तुत गरेका हुन् ।

    यसका साथै कार्यक्रममा कन्टेन्ट क्रियटर र प्याकेज क्युरेटरबीच अन्तर्क्रियासमेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend