काठमाडौँ । अब ट्राफिक चेक जाँचमा नागरिक एपबाटै सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) देखाउन मिल्ने भएको छ ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार नागरिक एपमा चालकले अन्तरआवद्ध गरेको सवारी चालक अनुमति पत्रलाई चेक जाँचका क्रममा मान्यता दिएको हो ।
सरकारले नागरिक एपमै दर्ता भएका सवारी साधनको विवरणसहित ट्राफिक नियम उल्लङ्घनमा कारवाहीमा परेको विवरण समेत राख्ने तयारी हुँदै छ । यसले ट्राफिक प्रहरीलाई सवारी चेकजाँचमा थप सहज हुनेछ ।