logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:06 AM

  • महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित

    महासंघद्वारा तारागाउँ रिजेन्सी होटल सम्मानित


    पर्यटन नेपाल

    आइतबार, २८ बैशाख २०८२


    काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासघंले होटल तथा पर्यटन क्षेत्रतर्फ आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै कर तिर्ने तारागाउँ रिजेन्सी होटललाई सम्मान गरेको छ ।

    महासंघले आइतबार काठमाडौँमा आयोजना गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलका क्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दहाल र महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा तारागाउँ रिजेन्सी होटललाई सम्मानपत्र प्रदान गरेका हुन् ।

    महासंघले गत चैत २८ मा सम्पन्न ५९औं वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न संस्थालाई सम्मान गर्ने निर्णय थियो । सो सम्मान आज एक कार्यक्रम आयोजना गरी प्रदान गरिएको हो।

    महासघंले प्राविधिक समितिको सिफारिसका आधारमा महासंघको ५९ औं वार्षिकोत्सवको अवसर विभिन्न क्षेत्रमा बढी कर तिर्ने संस्थाहरुलाई सम्मान गरेको हो।

    पर्यटन क्षेत्रमा सबैभन्दा धेरै कर तिर्ने होटलका रूपमा यसअघि पनि होटलले विभिन्न सम्मान प्राप्त गरिसकेको छ ।

    होटलले यसअघि आर्थिक वर्ष २०७१/७२, आव २०७३/७४, आव २०७४र७५, आव २०७५/७६ र आव २०७६/७७ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा सम्मानित भइसकेको छ ।

    होटललाई सरकारले पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा संकलन गरेवापत २०७६ मा सम्मानित गरेको थियो ।

    कूल ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो उक्त होटललाई आन्तरिक राजस्व विभागले उतकृष्ट करदाताको रुपमा सम्मान गरेको हो ।

    नेपाली कला र शैली झल्काउने गरी तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको होटलले दुई दशक भन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा हाइ इन्ड पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्याइरहेको ।

    होटलले हाल करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको कर्पोरेट प्रेसिडेन्ट रानी ब्याङले बताइन् ।

    १० वर्षे द्वन्द्व सुरु हुनुअघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरमोत्कर्षमा रहेको समय सन् २००० मा सफ्ट ओपनिङ गरी सञ्चालनमा आएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend