logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:59 AM

  • नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

    पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका हुन्


    पर्यटन नेपाल

    मंगलबार, ६ जेष्ठ २०८२


    काठमडौँ । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

    मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेको हो ।

    उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

    पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

    सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

    पौडेल नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा नियुक्त भएका हुन् । लामो समयदेखि नेपाल राष्ट्र बैँक गभर्नर बिहनि भएको थियो । तर मंगलबार यो समस्या पनि टरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend