logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:29 AM

  • पर्यटनमन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ

    पर्यटनमन्त्री पाण्डेद्वारा हजयात्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ


    पर्यटन नेपाल

    मंगलबार, ६ जेष्ठ २०८२


    काठमाडौँ । इस्लाम धर्मावलम्बीको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्का र मदीना हज गर्न जान लागेका नेपाली हजयात्रीहरूलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशेष कार्यक्रमबीच बिदाइ गरिएको छ ।

    हजयात्रीको समुहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले विमानस्थलमा बिदाइ गर्दै सफल, सुरक्षित र अर्थपूर्ण हज यात्राको शुभकामना व्यक्त गरे ।

    उनले हज यात्रालाई केवल धार्मिक अभ्यास मात्र नभई राष्ट्रको अन्तर्राष्ट्रिय प्रतिष्ठा प्रवर्द्धन गर्ने अवसरको रूपमा पनि लिनुपर्ने धारणा राखे ।

    मन्त्री पाण्डेले हज व्यवस्थापन, यात्रीहरूको सुरक्षालगायत सम्पूर्ण प्रक्रिया व्यवस्थित र मर्यादित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याए ।

    उनले हजयात्रीहरूलाई अनुशासित, सहिष्णु र नेपाली पहिचान झल्काउने व्यवहारका साथ पवित्र भूमिमा प्रतिनिधित्व गर्न आग्रह समेत गरे ।

    यस वर्ष हजमा जान ४० भन्दा बढी नेपाली हजयात्रीको सहभागिता रहने जनाइएको छ ।

    तीर्थयात्रीहरूलाई सहज रूपमा हज यात्रा सम्पन्न गराउन नेपाल सरकार, मुस्लिम आयोग र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend