logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:28 AM

  • नाराको ३६ औँ जल यात्रा त्रिशूलीमा सम्पन्न

    नाराको ३६ औँ जल यात्रा त्रिशूलीमा सम्पन्न


    पर्यटन नेपाल

    सोमबार, १२ जेष्ठ २०८२


    काठमाडौँ । नेपाल एशोसियसन अफ राफ्टिङ्ग एजेन्सी (नारा) ले ३६औँ जल यात्रा महोत्सव सम्पन्न गरेको छ ।

    नेपाल पर्यटन बोर्डको सहकार्यमा नाराले आइतबार त्रिशूलीमा जल यात्रा महोत्सव सम्पन्न गरेको हो । धादिङ बेनिघाट रोराङ गाउँपालिकाको मझिम्टारबाट सुरु गरिएको राफ्टिङ्ग गण्डकी गाउँपालिका बुट्टार गोर्खामा पुगेर सम्पन्न गरिएको थियो । राफ्टिङ्ग झन्डै पौने २ घण्टा गरिएको थियो ।

    पछिल्लो समय बन्दै गरेका हाइड्रोपावरका कारण राफ्टिङ्ग व्यवसायहरू नै पलायन भइरहेको अवस्थामा नाराले राफ्टिङ्गको संरक्षण गर्नको लागि जल यात्रा महोत्सव गर्दै आएको छ ।

    त्यसै सिलसिलामा नाराले हिजो (आइतबार) आफ्नो ३६ औँ जल यात्रा महोत्सव सम्पन्न गरेको हो ।

    राफ्टिङ्ग व्यवसाय पछिल्लो समय लोप हुँदै गएको छ । जसका कारण राफ्टिङ्ग प्यवसायीहरु बिस्तारै पलायन भइरहेका छन् भने चालकहरूलाई काम पाउन गाह्रो छ ।

    खोला नदि नालाहरुमा बन्दै गरेका हाइड्रोपावरहरूले गर्दा व्यवसायीहरुलाई राफ्टिङ्ग व्यवसाय जोगाउन नै हम्मे हम्मे परेकाे छ । यो व्यवसाय बिस्तारै लोप नै हुने देखिन्छ । किन पनि यस्तो भइरहेको छ भन्दा खोलाहरू सुक्न थाले नदिनालामा पानीको बहाव पहिलाको जस्तो छैन ।

    त्रिशूलीमा बन्दै गरेको हाइड्रोपावरका कारण अब भने त्रिशूली नदिमा राफ्टिङ्ग गर्न नसकिने व्यवसायीहरू बताउँछन् ।

    पहिला नाराले काठमाडौँबाट मान्छेहरू लिएर राफ्टिङ्ग महोत्सव गर्ने गरेको थियो, भने अहिले त्यहाँका स्थानियहरुलाई नै लिए राफ्टिङ्ग गराएको थियो ।

    बेनीघाट रोराङ गाउँपालिका, गण्डकी गाउँपालिका र इच्छाकामना गाउँपालिका हुँदै बगेको त्रिशुुली नदिमा पहिलाको जस्तो राफ्टिङ्गको चहलपहल अहिले त्यति देखिदैन ।

    राफ्टिङ्ग व्यवसाय जोगाउनुपर्छ भन्ने कुरामा सरकार पनि मौन नै बसेको देखिन्छ । सरकारले यो व्यवसाय जोगाउन कुनै पहल नगरेको व्यवसायीहरूको गुनासो रहेको छ ।

    त्रिशूली नदिको जगेर्ना गर्नु गर्छ भन्ने उद्देश्यका साथ नाराले यो कार्यक्रमको त्रिशुलीमा नै आयोजना गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend