logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:27 AM

  • ३१ औँ पटक शेर्पाले गरे सगरमाथाको सफल आरोहण

    ३१ औँ पटक शेर्पाले गरे सगरमाथाको सफल आरोहण


    पर्यटन नेपाल

    मंगलबार, १३ जेष्ठ २०८२


    काठमाडौँ । कामिरीता शेर्पाले ३१ औँ पटक विश्वकाे सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

    शेर्पाले मङ्गलवार बिहान ३१ औँ पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।

    उनले आफैले राखेकाे रेकर्ड ब्रेक गर्दै ३१ औं पटक सगरमाथाकाे सफल आराेहण गरि अर्काे रेकर्ड राखेका हुन् ।

    शेर्पाले सर्वोच्च शिखर सगरमाथामा सबै भन्दा धेरै पटक पाइला राख्ने संसारकै एक्लो आरोहीको विश्व कीर्तिमानलाई कामय राखेका छन् ।

    उनले ८ हजार अग्ला हिमालकाे ४५ पटक सफल आराेहण गरिसकेका छन् ।

    उनले ०८१ वैशाख ३० गते २९ औँ र  ०८१ जेठ ९ गते ३० औँ पटक सगरमाथाकाे सफल आरोहण गरेका थिए ।

    कामीरिताले २४ वर्षको उमेरमा २०५१ सालमा पहिलोपटक सगरमाथा आरोहण गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend