logo

शनिबार, २७ भाद्र २०८३

logo

शनिबार, २७ भाद्र २०८३   |   12:53 PM

  • हिमाल आरोहणका लागि १२ सय बढिले लिए अनुमति, कति हुन्छ राजस्व संकलन ?

    हिमाल आरोहणका लागि १२ सय बढिले लिए अनुमति, कति हुन्छ राजस्व संकलन ?


    पर्यटन नेपाल

    मंगलबार, १४ कार्तिक २०८०


    काठमाडौँ । शरद ऋतुमा हिमाल आरोहणका लागि १२८५ जनाले अनुमति लिएका छन् ।

    पर्यटन विभागका अनुसार कात्तिक ८ (अक्टोबर २५) सम्ममा स्वदेशी तथा विदेशी गरी ९४८ जना पुरुष र २३७ जना महिलाले आरोहण अनुमति लिएका हुन् ।

    यो सिजनका लागि हालसम्म आमादब्लम हिमाल चढ्न सबैभन्दा धेरैले अनुमति लिएका हुन् । विभागकाअनुसार आमादब्लमका लागि ३३९ जना पुरुष र ७० जना महिला गरी ४०१ जनाले अनुमति लिएका हुन् । त्यसै गरी, मनास्लुका लागि ३०१, हिमलुङ्गका लागि १२५ जनाले अनुमति लिए ।

    पर्यटन विभागबाट अहिलेसम्म ७२ देशका आरोहीले विभिन्न ४९ हिमाल आरोहणका लागि अनुमति लिएका हुन्। जसबाट ६ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  |  Privacy Policy  |  Our Team  |  Contact  |  Site By : SobizTrend