logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   06:17 AM

  • दैलेखमा ११२ अर्ब घनमिटर ग्याँस फेला, नेपाललाई ५० वर्ष पुग्ने अनुमान

    दैलेखमा ११२ अर्ब घनमिटर ग्याँस फेला, नेपाललाई ५० वर्ष पुग्ने अनुमान


    पर्यटन नेपाल

    बिहिबार, ५ असार २०८२


    काठमाडौँ । दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको पत्ता लागेको छ ।

    दैलेखको जलजलेमा प्राकृतिक ग्यास रहेको पत्ता लगेको हो ।

    चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेको भौगर्भिक अध्ययन र चीनकै सीएनपीसी सीबु इन्जिनियरिङ कम्पनीले २०८० वैशाख २८ गतेदेखि ड्रिलिङ अध्ययन थालेका थिए ।

    त्यसका लागि ४ हजार १३ मिटर गहिराइसम्म खनिएको थियो ।

    खानी तथा भूगर्भ विभागका अनुसार ड्रिलिङका आधारमा प्रारम्भिक प्रतिवेदनअनुसार ठूलो परिणाममा मिथेन ग्यास भएको पत्ता लागेको भएता पनि यसको अन्तिम प्रतिवेदन भने डिसेम्बरसम्म आउने जनाएको छ ।

    नेपाललाई ५० वर्ष पुग्ने प्राकृतिक ग्याँस रहेको भनेर प्रारम्भिक रिपोर्ट आएपछि अहिले नेपाली जनताहरु खुसी भएका छन् भने, सरकारी अधिकारी पनि उत्साहित देखिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend