logo

बुधबार, १३ साउन २०८३

logo

बुधबार, १३ साउन २०८३   |   08:25 AM

  • प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर

    प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउँदै सन्तोष कुँवर

    मिसन सहित लागे एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा


    पर्यटन नेपाल

    बुधबार, ७ साउन २०८२


    काठमाडौँ । यतिखेर अष्ट्रेलियामा रहेका नेपालीहरू चुनावी माहोलमा छन् । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको निर्वाचन आगामी जुलाई २६ मा हुँदैछ ।

    अहिले अनिल पोखरेलको नेतृत्वमा रहेको एनआरएनए अष्ट्रेलियामा आगामी निर्वाचिनमा पोखरेलसहितको प्यानल बनिसकेको छ । पोखरेलको कार्यकालमा महासचिव बनेका सन्तोष कुँवरले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    अष्ट्रेलियाको ब्रिसबेनमा बसेर एक दशक भन्दा बढी समयदेखि गैरआवासीय नेपाली संघ (एनआरएनए)को अभियानमा सक्रिय रहेका कुँवर हाल संघका महासचिव छन् । अब भने संघको शीर्ष नेतृत्वमा पुग्ने लक्ष्यसहित अघि बढेका छन्।

    कुँवरले दुई वर्षे स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिएका छन्। पारदर्शिता, समावेशीता, संस्थागत सुदृढीकरण र सामुदायिक हितमा केन्द्रित योजना सार्वजनिक गर्दै उनी सबै प्रवासी नेपालीको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा एनआरएनएको पुनःस्थापना गर्नेगरी अगाडि बढिरहेका छन् ।

    ललितपुरको गोदावरीमा जन्मिएका कुँवरले काठमाडौंको त्रिचन्द्र कलेजबाट वातावरण विज्ञानमा स्नातक गरे । त्यसपछि उनी स्नातकोत्तर अध्ययनका लागि अष्ट्रेलिया पुगेका थिए । सन् २००९ मा विद्यार्थी भिसामा अष्ट्रेलिया गएका कुँवरले त्यहाँको शैक्षिक र पेशागत यात्रा सँगसँगै समुदायमा नेतृत्वदायी भूमिका निभाउँदै आएका छन् ।

    मास्टर्स अफ अकाउन्टिङ (प्रोफेसनल) अध्ययन गरेर व्यवसायमा प्रवेश गरेका उनले पछि अष्ट्रेलियन नेशनल युनिभर्सिटीबाट ुग्र्याजुएट सर्टिफिकेट इन माइग्रेसन ल एन्ड प्राक्टिसु अध्ययन गरे । त्यसपछि उनले २०१८ देखि ब्रिसबेनमा आधिकारिक माइग्रेसन एजेन्टका रूपमा व्यवसाय सञ्चालन गरिरहेका छन्। हाल उनी क्ष्क्ब्ल् भ्मगअबतष्यल द्यचष्कदबलभ को सञ्चालक समेत हुन् ।

    सन् २०१७ देखि विभिन्न तहमा सक्रिय रहँदै आएका कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अघि सारेका छन्।

    एनआरएनएमा कुँवरको संलग्नता राज्य समन्वय परिषद्को सचिव पदबाट सुरु भएको हो। त्यसयता उनी क्रमशः राज्य संयोजक (२०१७–१९), आइसिसी सदस्य (२०१९–२१), ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२३) हुँदै अहिले महासचिवको रूपमा संघको केन्द्रीय जिम्मेवारीमा छन्। संस्थाभित्रै विभिन्न तहमा अनुभव बटुलिसकेका कुँवरले आफूले नेतृत्व सम्हालेमा संस्थालाई थप प्रभावकारी, जवाफदेही र समावेशी बनाउने अठोट व्यक्त गरेका छन्। उनले महासचिव हुँदा युवाहरूलाई लक्षित गरि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन गरेका छन् । नेपाल फेस्टिवल लगायतका कार्यक्रमहरू निकै सफल कार्यक्रम हुन् ।

    कुँवरले आफूले नेतृत्व सम्हाल्दै गर्दा अष्ट्रेलियामा रहेका नेपालीहरूका लागि विभिन्न किसिमका कार्यक्रम गर्ने र सहजीकरण गर्ने, संघको संस्थागत विकासका लागि अनुदान सुनिश्चित गर्ने लगायतका योजना बनाएका छन् ।

    उनले आफ्नो नेतृत्वमा संघीय तथा राज्य सरकारको सहयोगमा नेपाली समुदायका लागि २ मिलियन अष्ट्रेलियन डलर बराबरको अनुदान सुनिश्चित गर्ने लक्ष्य राखेका छन् ।

    त्यस्तै, बहुसांस्कृतिक कार्यक्रमहरूमा एनआरएनएको पहिचान मजबुत बनाउँदै परोपकारी कार्यलाई संस्थागत गर्न ‘एनआरएनए फाउन्डेसन’मार्फत अभियान चलाउने कुँवरको योजना छ।

    एनआरएन नेटवर्क प्रयोग गरी उद्यमशीलता प्रवर्द्धन गर्ने, स्टार्टअप मेन्टरसिप इभेन्टहरू आयोजना गर्ने र लगानीमैत्री वातावरण तयार पार्ने लक्ष्य पनि उनले अघि सारेका छन्।

    ‘नेतृत्व जिम्मेवारी हो,’ कुँवर भन्छन्, ‘मैले विभिन्न भूमिकामा बसेर संस्थालाई प्रविधिमैत्री, पारदर्शी र उत्तरदायी बनाउनेतर्फ मेहनत गरेको छु।’

    उनी आफू नेतृत्वमा आउँदा संघमा सबै वर्गको प्रतिनिधित्व हुने, सरकारसँग सहकार्यमा चल्ने, प्रवासी नेपालीको आवाज सशक्त रूपमा उठाउने र संघलाई बलियो बनाउने बताउँछन्। कुँवरलाई नेपाली समुदायको हितमा अग्रसर नेतृत्वका रूपमा धेरैले हेरेका छन् ।

    अनुभव, स्पष्ट दृष्टिकोण र समुदायप्रतिको समर्पणका आधारमा उनी अध्यक्ष पदका बलियो प्रत्याशी मानिएका छन्। स्पष्ट योजना र भिजन सहित उनले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

    अष्ट्रेलियामा रहेका नेपाली डायस्पोराको क्षमतालाई संस्थागत ढंगले परिचालन गर्न एनआरएनए इन्भेष्टमेन्ट फोरम, व्यापार प्रतिनिधि र आर्थिक कूटनीतिको प्रवर्द्धन जस्ता महत्त्वपूर्ण पहल आवश्यक भएको उनी बताउँछन् । ‘नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रोत्साहन, लगानीमैत्री नीति सुधार र उद्यमशीलताको अभिवृद्धि जस्ता विषयमा एनआरएनएको सक्रिय भूमिका आवश्यक छ,’ कुँवरले भने ।

    एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने योजना समेत उनले कार्ययोजनामा उल्लेख गरेका छन्।

    उनले लगानी शिखर सम्मेलन, स्टार्टअप मेंटरशिप कार्यक्रम, व्यापार इन्क्यूबेटर जस्ता पहलहरू सञ्चालन गर्ने बताउँदै नयाँ आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थी र पेशागत करियर सुरु गरिरहेकाहरूका लागि संरचित मार्गदर्शन कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।

    एनआरएनए अष्ट्रेलियालाई संस्थागत रूपान्तरण, प्रविधिमैत्री संरचना, स्रोतको पहुँच र पारदर्शिताका आधारमा सुदृढ बनाउने अभियानमा उनी निकै सक्रिय छन् । त्यसकारण पनि अष्ट्रेलियामा रहेका नेपाली डायस्पोराको रोजाइमा कुँवर देखिन्छन् ।

    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित

    © 2026 All right reserved to paryatannepal.com  | Site By : SobizTrend